मेगा बैंकको ३६५ दिन नै सेवा



काठमाडौं, (नेस)
मेगा बैंक नेपालले उपत्यकाभित्र र उपत्यका बाहिरका शाखा कार्यालयको कारोबार समयावधि बढाएको छ ।

बैंकले राइजिङ मलस्थित केन्द्रीय कार्यालय र ठमेल शाखामा सा“झ ८ बजेसम्म सेवा दि“दै आएकोे छ । उक्त शाखाबाट ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

यसैगरी, उपत्यकाभित्रकोे कलंकी, जावलाखेल र न्युरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् भने गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

 

उपत्यकाभित्रका शाखामध्ये ६ वटा शाखा र उपत्यका बाहिरका शाखामध्ये १० वटा शाखा शनिबार एवम् सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुनेछन् ।

उपत्यकाभित्रका थप ४ वटा शाखा र उपत्यकाबाहिरका थप ३ वटा शाखा शनिबार बाहेक अन्य सार्वजनिक बिदामा पनि खुल्ला रहने बैंकले जनाएको छ । शनिवार तथा सार्वजनिक विदाको दिनमा संचालन हुने शाखाहरुमध्ये गोंगबु र न्यूरोड शाखा दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् भने बा“की शाखा विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् ।

मेगा बैंकको ९९ शाखा, १४ एक्टेनसन काउन्टर, २ हजार मेगा रेमिट सञ्जाल, ११९ वटा शाखारहित केन्द, ७४ मेगा मनि मेसिन छन् ।

प्रतिक्रिया दिनुहोस्