भक्तपुर डुब्याे घर भत्कँदा ३ जनाकाे मृत्यू



काठमाडौं । लगातार परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न बस्ती डुबानमा परेका छन् । भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका हुन् ।

चाँगुनारायण नगरपालिका ४ खरीपाटीमा एक भत्कँदा ३ जनाकाे ज्यान गएकाे छ । घर भत्कीएपछि उद्दार कर्ताले ३ जनाकाे शव फेला पारेकाे प्रह्ररी परिसर भक्तथपुरले जनाएकाे छ ।

अहिले मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी क्षेत्रका सयौँ घर डुबानमा परेको छ । त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर, डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्