स्थानीय सरकारका जोड: गाउँनगरमा ‘रिङरोड’



नानीराम नेपाल, सिन्धुपाल्चोक
आगामी आर्थिक वर्षका लागि नीति तथा योजना प्रस्तुत गर्दै अधिकांश स्थानीय सरकारले ‘रिङरोड’ को अवधारणा अघि सारेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्र बाहीरी चक्रपथको योजना ल्याएको छ भने लिसंखुपाखर गाउँपालिका, बलेफी र अन्य गाउँ नगरले पनि रिङरोडको परिकल्पना गरेका छन् । स्थानीय सरकारले आगामी वर्ष गाउँनगरका सवै वडालाई छुनेगरि चक्रपथ निर्माण गर्ने कुरालाई आफ्नो नीति, कार्यक्रममा उल्लेख गरेका छन् ।

केहि वर्ष अघिदेखि नै बाहीरी चक्रपथ निर्माणको काम थालेको चौतारा साँगाचोक गढी नगरपालिकाले आगामी वर्ष चक्रपथ निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउने नीति लिएको छ । चक्रपथ निर्माणको सवाललाई नीति, कार्यक्रम र योजना अघि सार्दै लिसंखुपाखर गाउँपालिकाले आगामी वर्ष त्यसको डीपीआर गर्ने भनि उल्लेख गरेको छ ।

गाउँपालिकामा बाहिरी चक्रपथ निर्माणका लागि आगामी वर्ष विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरि प्रक्रिया थाल्ने लिसंखुपाखर गाउापालिकाका अध्यक्ष कमल नेपालले बताए । ‘वडा कार्यालयसम्म पुग्ने सडकहरु स्तरोन्नती गर्दै बाहीरी चक्रपथ निर्माणको पनि डीपीआर तयार गर्ने योजना बनाएका छौं’, अध्यक्ष नेपालले भने ।

गाउँपालिका स्तरीय रीङरोड निर्माण र स्तरोन्नतकिा लागि बलेफी गाउँपालिकाले पनि आगामी वर्षको नीति, कार्यक्रम र योजनामा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताए । ‘ रीङरोडलाई हामीले पनि विषेश जोड दिएका छौं, गाउँपालिका स्तरीय रीङरोड निर्माण र स्तरोन्नती गर्ने योजना ल्याएका छौं’, अध्यक्ष क्षत्रीले भने ।

 

प्रतिक्रिया दिनुहोस्