सेमीफाइनल हेर्न अमिताभ र अभिषेक स्टेडियममा



नयाँ दिल्ली, (एजेन्सी)
खेल भनेपछि भुतुक्कै हुने बलिउड सुपरस्टार अभिताभ बच्चन र उनका पुत्र अभिषेकले मंगलबार भएको बेल्जियम र फ्रान्सबीचको सेमिफाइनल खेल स्टेडियममै पुगेर हेरेका छन् ।

अभिषेक र अमिताभ दुवै फुटबल क्रेजी भएकाले जारी विश्वकपको सेमीफाइनल हेर्न सेन्ट पीटर्सबर्गस्थित स्टेडियम पुगेको बताइएको छ । उक्त खेलमा फ्रान्सले बेल्जियमलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

अभिषेकको भारतमा फुटबल र कबड्डी क्लब समेत छ । अभिषेकले स्टेडियममा बावु अमिताभ बच्चनसँग खिचेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्