जोकोभिच तीन वर्षपछि सेमिफाइनलमा



लन्डन, (एजेन्सी)
नोभाक जोकोभिच लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सर्बियाली खेलाडीले बुधबार भएको क्वार्टरफाइनल खेलमा जापानका केइ नीशीकोरीलाई ६–३, ३–६, ६–२, ,६–२ ले हराएका हुन् । २०१५ पछि उनी पहिलो पटक विम्बल्डनको अन्तिम चारमा पुगे ।

यहाँ सम्म पुग्ने अनुमान नगरिए पनि पूर्व नम्बर एक जोकोभिचले करियरको ३२ औं ग्रान्डस्लाम सेमिफाइनल यात्रा तय गरेका छन् । कुहिनाको चोटले गर्दा गत वर्षको युएस ओपनपछि उनले ८ महिना विश्राम लिएका थिए ।

 

उनले जुनमा भएको क्वीन्स टेनिसमा फाइनल पुगेर आफु लयमा रहेको संकेत गरे । साथै यदि फाइनल पुगेमा उनले १३ औं ग्रान्डस्लाम उपाधि जित्नको लागि संभवत रोजर फेडेररको सामना गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्