प्रदेश नं ५ मा ऐन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति



बुटवल ।
प्रदेश नं ५ मा आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषिसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ ।

पशु बधशाला तथा मासु जाँच ऐन तर्जुमा, बीउबिजन ऐन तर्जुमा र दाना पदार्थ ऐन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने सम्बन्धमा निर्णय गरिएको भौतिक पूर्वाधार योजनामन्त्री तथा प्रदेश नं ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारी ऐन तर्जुमा, कृषि व्यवसाय प्रर्वद्धन ऐन तर्जुमा, मल ऐन तर्जुमा र पशु स्वास्थ्य तथा पशु सेवा ऐन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने सम्बन्धमा निर्णय भएका छन् ।

मन्त्री चौधरीले विभिन्न मन्त्रालय स्थानान्तरण सम्बन्धमा पनि छलफल भएको जानकारी पनि दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्