कोटेश्वर–भक्तपुर सडक खण्डमा ट्रिपर चलाउन समय तोकियो



नेपाल समाचारपत्र, काठमाण्डौँ ।
कोटेश्वर(भक्तपुर सडक खण्डमा ट्रिपर चलाउन समय तालिका तोकिएको छ । बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने महानगरीय ट्राफिक कार्यालय प्रमुख वसन्त पन्तले जानकारी दिनुभएको छ ।

पछिल्लो समय ट्रिपरका कारण दुर्घटना बढेपछि व्यस्त समयमा ट्रिपर नचलाउन गृह मन्त्रालयले निर्देशन दिएपछि भोलिदेखि यो नियम लागू हुने भएको छ ।

ट्रिपर दुर्घटना कम गर्न टाइम कार्ड पनि लागू गर्ने तयारी भईरहेको महानगरीय प्रमुख वसन्त पन्तले जानकारी दिनुभएको छ ।

हिजो मंगलबार पनि जडिबुटीमा ट्रिपरकै ठक्करबाट सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो र उनीसंगै सवार गरिरहेका मोटरसाइकलका चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रिपरका कारण काठमाडौँ उपत्यकामा जेठ महिना देखि यता मात्र ७ जनाको ज्यान गएको छ भने काहि गम्भिर घाईते पनि छन् ।

प्रतिक्रिया दिनुहोस्