मोटरसाईकलको कारसंँग ठक्कर, २ को मृत्यू, २ घाईते



नेपाल समाचारपत्र, रुपन्देही ।
रुपन्देहीको लुम्बिनीमा कार र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गैडहवा गाउँपालिका ३ मा ना ४२ प ८४१२ नम्बरको मोटरसाइकल र बा १९ च ४२१ नम्बरको कार ठोक्किदा दुर्घटनामा परी मोटरसाइकलमा सवार ४ जना मध्ये २ जनाको मृत्यु भएको हो । मृत्यू हुनेमा गैडहवा २ बस्ने २६ वर्षका कायर पासी र सोही ठाउँका २७ बर्षका घिसन पासीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा गैडहवा २ बस्ने २६ वर्षका छन्नु पासी र ३६ वर्षका मोहितलाल पासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी कुमुद ढुंगेलले जानकारी दिनुभएको छ ।

विना हेल्मेट ४ जना एउटै मोटरसाइकलमा चढेर तिव्र गतिमा आई कारमा ठोक्किएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
ठक्कर भएको कार र कार चालक गोपाल उपाध्याय प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ भने घाइतेहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्