अमेरिका: न्यायधिश छनौट



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेट काभानागलाई सर्वोच्च अदालतको न्यायधिश पदका लागि छनौट गरेका छन् । अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा उनको नाम घोषणा गर्ने क्रममा ट्रम्पले उनलाई योग्य न्यायविद भन्दै तारिप गरेका थिए ।

डिष्ट्रिक्ट अफ कोलम्वियाको पुनरावेदन अदालतका न्यायधिश काभानाग अमेरिकी पुर्व राष्ट्रपति जर्ज डब्ल्यु बुशका पुर्व सल्लाहकार हुन् । ट्रम्पको यस निर्णयले अमेरिकाको गर्भपतन देखि आप्रवासीलाई बन्दुक उपलब्ध गराउने सम्मका मामिलिा प्रभावित हुने अनुमान गरिएको छ । चाँडै अवकाश लिन लागेका न्यायधिश एन्थोनी केन्नेडीको उनले स्थान लिने भएक छन् ।

प्रतिक्रिया दिनुहोस्