अमेरिका: स्तनपान विवाद



न्युयोर्क (एजेन्सी)
अमेरिकी मोडल तथ अभिनेत्री क्रिसी टिगनले स्तनपान गराइरहेको तस्वीर सामाजिक सन्जालमा पोस्ट गरेपछि आलोचित बनिरहेकी छिन् । इन्स्टाग्राममा पोस्ट गरिएको आफनो तस्वीरमा क्रिसीले आफनो बच्चा र छोरी लुनाको पुतलीलाई स्तनपान गराइरहेकी थिइन् ।

दुई सन्तानकी आमा क्रिसीले उक्त तस्वीरसँगै लेखेकी थिइन– लुनाले उनको पुतलीलाई पनि दुध पिलाओस भन्ने चाहेकीले अब मलाई मेरा जुम्ल्याहा बच्चा छन् भन्ने लागेको छ । एक दिनमै उनको यो पोस्टलाई इन्स्टाग्राममा तीन लाखले लाइक गरेका थिए र ट्विटरमा १८ हजारले लाइक गरेका छन् । तर केहीले यसलाई नकारात्मक रुपमा लिँदै आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्