राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै



काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ।

नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आर्थिक वर्षका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए।

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।

आगामी आर्थिक वर्षको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ। यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्