नोवेल पुरुस्कार विजयीका पत्नीलाई चीन छोड्ने अनुमति



बेइजिंग,(एजेन्सी)
शान्तिका लागि नोवेल पुरुस्कार विजयी तथा चिनिया सरकार विरोधी लिउ सियाओवोकी विधवा पत्नीलाई सरकारले विदेश जाने अनुमति दिएको छ । सन् २०१० आफ्नो पतिले नोवल पुरुस्कार जिते यता नजरवन्दि बनाइएको थियो । उनी विमानबाट जर्मनीको वर्लिनका लागि प्रस्थान गरेको उनका पारिवारीक मित्रहरुले विविसिलाई बताएका छन् ।

विश्व विद्यालयका प्राध्यापक रहेका तथा पछि मानव अधिकारवादी अभियन्ता बनेका उनका पतिलाई सन् २००९ मा राष्ट्रघाती क्रियाकलापमा संलग्न रहेको अभियोगमा सरकारले गिरफतार गरेको थियो ।

उनको गत वर्ष कलेजोको क्यान्सरको कारण मृत्यु भएको थियो । उनको खरानी समुद«मा छरिएको थियो । कवियत्री लिउ सिया माथि बिना कुनै अपराधिक अभियोग नजर वन्दि बनाइँदै गरेको हो ।

गत मे महिनामा उनले यसको विरोधमा आफु प्रदर्शन गरेर मर्न समेत तयार रहेको बताएकी थिइन् । कडा सुरक्षा प्रवन्ध बिच लामो समय सम्म हिरासतमा रहनु परेका कारण आफ डिप्रेसनको शिकार समेत भएके उनले गुनासो गरेकी थिइन् ।

उनी मंगलवार फिनएयरको उडानबाट बेइजिंगबाट वर्लिन् तर्फ उडेको बताइएको छ । तर चीन स्थित जर्मनी दुतावासले यसबारे कुनै प्रतिक्रया जनाएको छैन । लामो समय देखि जर्मनीले चीन सरकारसंग उनलाई विदेश जाने अनुमति दिन आग्रह गर्दै आएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्