निगमले १० नयाँ जहाज थप्दै



काठमाडौं, (नेस)
आन्तरिक बजारमा नेपाल वायु सेवा निगमको हिस्सा बढाउने लक्ष्यका साथ निगमले आगामी आर्थिक वर्षभित्र १० नयाँ विमान खरिद गर्न गृहकार्य थालेको छ । ९ विमानबाट अन्तरिक उडान गर्दै आएको निगमको आन्तरिक बजारमा ३ प्रतिशत मात्र हिस्ता रहेको छ ।

सरकारले सार्वजनिक गरेको सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने योजानलाई टेवा पु¥याउने लक्ष्यका साथै निगमलाई प्रतिस्पर्धी बजारमा बलियो उपस्थिति जनाउनको लागि नयाँ विमान थप गर्ने तयारी गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले जानकारी दिनुभयो ।

निगमसँग भएको तीन वटा चार दशक पुराना टुवीनअटरलाई दुई वर्षभित्र विस्थापित गरी आन्तरिक उडानमा ६ नयाँ साना विमान, २ एटीआर ७२ र २ नयाँ न्यारो वडी विमान खरिद गर्ने लागेको कंसकारले बताउनुभयो । यससँगै निगमसँग अन्तर्राष्ट्रिय उडानमा ७ र आन्तरिक उडानमा १४ विमान (सानो १०) हुने छ । हाल निगम सँग ३ टुइनअटर ४ वाई टुवेल विमान,२ एम ए –६० र तिन न्यारोवडी र २ वाइडवडी (१ वाइडवडी विमान ३ हप्तामा नेपाल आउने) रहेको छन् ।

निगमले नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण गरेको विमानस्थल सबैमा क्षेत्रमा उडान गर्न योजनासमेत रहेको निगमको भनाइे छ । निगमले आन्तरिक उडानमा रुम्जटार, साँफेबगर, चौरझारीमा समेत सेवा सञ्चालन गर्ने गृहकार्य गरेको कंसाकारले बताउनुभयो ।

निगमले खरिद गर्ने विमानको लागि करिब २० अर्ब रुपियाँ लगानी गर्नुपर्ने हुन्छ, जसको लागि सस्तो ब्याजमा निगमले सञ्चय कोषसँग र अरु वित्तीय संस्थासँग ऋण लिने योजनासमेत निगमले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्