एनआईसी एसिया बैंकका शाखा थप



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले दाङको राप्ती गाउँपालिका– ५ स्थित सिसहनियामा शाखा स्थापना गरेको छ । उक्त शाखा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पँर्णबहादुर बुढाथोकीले संयुक्त उद्घाटन गर्नुभएको थियो ।

बैंकको २२५ शाखा, २१८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् ११ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १७६ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब तथा कुल कर्जा लगानी १२० अर्ब रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा पनि चँँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्