बेलायत: मे सरकारमा संकट



लन्डन (एजेन्सी)
दुई मन्त्रीले सोमबार राजिनामा दिएपछि बेलायतमा राजनितिक संकट उत्पन्न भएको छ । यस घटनाले बेलायती प्रधानमन्त्री टेरिजा मेको कुर्सी पनि खतरामा परेको अनुमान गरिएको छ । ब्रेक्जिटमा कडा लाइन लिइरहेको समुहले प्रधानमन्त्रीको फर्मुला देशलाई युरोपेली संघबाट पुर्ण रुपमा अलग गर्न असफल हुने आरोप लगाएका छन् ।

कयौं क्षेत्रमा बेलायत र संघबीच पुरानो सम्बन्ध जारी रहेको उनीहरुले बताए । जनमत संग्रहमा जनताले संघबाट आंशिक नभई पुरै अलग हुन फैसला दिएको उक्त गुटले बताएको छ । दुई दिन अगाडी मात्रै टेरिजा मेको मन्त्रीमण्डलले युरोपेली संघबाट अलग हुन उनको शुत्रलाई स्विकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्