स्वरोजगार बनाउने कि ?



लामो समयपछि स्थानीय निकायले जनप्रतिनिधि पाए पनि गाउँमा रोजगारका अवसरहरु सिर्जना हुन अहिलेसम्म सकेको अवस्था छैन । घरेलु उद्योग सञ्चालन गरेर गुजारा चलाउँदै आएका ग्रामीण क्षेत्रका जनताले अहिले स्थानीय निकायको सहयोगमा उद्योगहरु सञ्चालन गर्न अझै पाएका छैनन् ।

गाउँघरमै रोजगारका अवसर भए पनि त्यसलाई व्यवसायीकरण गर्न नसक्दा विदेश पलायन हुने प्रचलन झन् झन् बढ्दै गएको छ । अहिले गाउँघरमा सञ्चालित उद्योगलाई व्यावसायिकसँगै आधुनिकीकरण गर्न जरुरी देखिएको छ । जनशक्तिलाई उत्पादनसँग जोडेर स्वाधीन गाउँपालिका बनाउने लक्ष्यका साथ सबै गाउँपालिकाका जनप्रतिनिधि खटिनु आवश्यक छ । उद्यम विकास कार्यक्रमले रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने निश्चित छ ।

स्थानीय स्रोत–साधनको उपयोगबाट उद्यम चलाउने योजनाले गाउँ–गाउँमा उद्यमी तयार हुन्छन् भने स्थानीय आवश्यकताको समेत पूर्ति गर्ने काम गर्छ । स्थानीय रुपमा उत्पादन गरेर मात्रै हुँदैन, त्यसलाई बजारीकरण गर्नको लागि स्थानीय निकायले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । सबै जनप्रतिनिधिले स्थानीय उत्पादनलाई औद्योगीकरण गरेर सबैलाई व्यावसायिक बनाउन जरुरी देखिन्छ ।

हरि सुबेदी, सर्लाही

प्रतिक्रिया दिनुहोस्