प्लयेर्स टू वाच: लुका मोड्रिच (क्रोएशिया)



क्रोएशियाली टिमको मेरुदण्ड हुन कप्तान लुका मोड्रिच । जारी विश्वकपमा उनको स¥हानीय प्रदर्शनका कारण क्रोएशियाले सेमीफाइनलसम्मको यात्रा तय गरेको छ । जारी विश्वकपमा उनले आफ्नो नाममा दुई गोल समेत गरिसकेका छन् । यो संख्या अझै बढ्न सक्नेछन् । उनी सेन्ट्रल मिडफील्डर हुन्, तर डिफेन्सिभ र अट्याकिंग मिडफील्डरको भूमिका निभाउन समेत उनी पोख्त छन् ।

उनी आक्रमणमा उत्रन ओभरल्याप गर्न तथा विपक्षीको काउन्टर अट्याक विफल पार्न डिफेन्सिभ लाइन सम्हाल्न सक्ने खूबी भएका खेलाडी हुन् । समूह चरण, अन्तिम १६ र क्वाटरफाइनलमा गरी पछिल्ला ५ वटै खेलमा क्रोएशियाले जितको नतिजा निकाल्दा मिडफिल्डमा उनको भूमिका तारिफयोग्य बनेको थियो ।

 

सन् २०१२ देखि रियल मेड्रिडमा आबद्ध ३२ वर्षीय मोड्रिचले रियलबाट १ सय ६६ खेलमा ९ गोल समेत गरेका छन् । सन् २००६ देखि क्रोएशियाको राष्ट्रीय टोलीमा अटाउदै आएका मोड्रिचले १ सय १० खेलमा १४ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्