फ्रान्समा भएको विश्वकपमा स्वीजरल्याण्डको चमत्कार



सन् १९३८ म मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न दोस्रो विश्वकप फुटबल प्रतियोगिताको रिप्ले गरिएको प्रारम्भिक खेलमा कसैले नपत्याएको स्वीजरल्याण्डले जर्मनी (पूर्व र पश्चिम जर्मनी नटुक्रिएको बेला) लाई २ गोलको विरुद्ध ४ गोलले पराजित गरी हलचल मच्चाएको थियो ।

विश्वकप शुरू हुनुपूर्व शनिबार दिनको २ बजे जुरीचमा जर्मनीलाई ३ गोलको विरुद्ध ६ गोलले पराजित गर्ने इंग्ल्याण्डलाई जुरीचको हार्डटर्म रंगशालामा १६ हजार ३ सय ७७ दर्शक माझ नाटकीय ढंगले स्वीजरल्याण्डले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्न सफल भएको थियो ।

सन् १९३८ को ६ फेबु्रअरीमा विश्वकप शुरू हुनुपूर्व स्वीजरल्याण्डले ६ वटा अन्तर्राष्ट्रीय म्याच खेलेको थियो । इंग्ल्याण्डलाई पराजित गरेको भोलिपल्टै स्वीजरल्याण्डले विश्वकपको पहिलो लिग खेलेको थियो । त्यसपछि जर्मनीविरुद्ध विश्वकप म्याच खेल्नुपूर्व स्वीजरल्याण्डले ८ दिनमा ४ म्याच खेलेको थियो ।

अस्ट्रियाले राजनैतिक दवाब दिएर जर्मनी टोलीमा अष्ट्रियाका खेलाडीहरु समावेश गरिएपछि जर्मनीको खेल निकै खस्किन पुगेको थियो ।

सन् १९३७ मा प्रोफेसर ओट्टो नर्जका सहायक सेप हर्वर्गलाई जर्मन टोलीको प्रशिक्षक बनाइएको थियो । नर्जलाई पदमुक्त गरेपछि सो स्थानमा आफूलाई राखेको समाचारपत्रहरुको माध्यमबाट थाहा पाएको बताउने हर्वर्गरको सामु अस्ट्रियाका नयाँ खेलाडीहरुलाई आफ्नो टोलीमा समायोजन गर्ने र नयाँ रणनीति तयार गरी आफ्नो टोलीको पुरानो प्रतिष्ठा कायम राख्ने ठूलो जिम्मेवारी चुनौतीको रुपमा खडा भएको थियो । जसले गर्दा उनी कैयन् रात निदाउन सकेका थिएनन् ।

४ जुन १९३८ मा जर्मनी र स्वीजरल्याण्डबीचको प्रारम्भिक विश्वकप म्याच हेर्न करीब ४० हजार दर्शक उपस्थित भएका थिए । तीमध्ये केही स्वीस दर्शकहरु पनि थिए । अत्यन्त गर्मी वातावरणमा भएको सो खेल निर्धारित समयसम्म १–१ गोलको स्थितिमा रहेको थियो । थप समयको खेलमा पनि दुवै पक्षबाट गोल हुन नसकेको सो म्याचमा बेल्जियमका रेफ्रीले जर्मनीका खेलाडी पेस्सरलाई रातो कार्ड देखाएका थिए । त्यसको पाँच दिनपछि हुने रिप्ले म्याचको लागि जर्मनी टोलीले ठूलो तयारी गरेको थियो । तर सो समय स्वीस टोलीले भने पेरिसमा तास खेल्दै र माछा मार्दै रमाइलो गरी दिन बिताएको थियो ।

निकै निर्धक्क रहेको स्वीस टोलीको समर्थनमा भोकिस्छ वियोवाच्तर नामक समाचारपत्रले ’स्वीसविरुद्ध ६ करोड जर्मन जनता भिड्दै छन्’ भन्ने शीर्षकमा लेख छापेको थियो । स्वीस टोलीले रि–म्याचका लागि आफ्नो टोलीमा कुनै हेरफेर गरेन । तर हर्वर्गरले आफ्नो टोलीमा ६ जना नयाँ खेलाडी ल्याए तर अझै टोलीमा पाँच जना खेलाडी अस्ट्रियाकै थिए ।

स्वीस प्रशिक्षक कार्ल राजान्ले आफ्नो नयाँ योजना थाहा नपाउन् भन्ने उद्देश्यले हर्वर्गरले रिप्ले म्याच शुरू हुनु केही समय अगाडी मात्र रंगशालामा नयाँ खेलाडीहरुको नाम घोषणा गरेका थिए ।

रि म्याच शुरू हुँदा २० मिनेटभित्रै जर्मनीले २–० ले नेतृत्व गरेको थियो । स्वीस टोलीका लोस्र्चरबाट आत्मघाती गोल भएको थियो । खेलको ६३औं मिनेटमा विकेलले गरेको गोलबाट स्वीस टोलीले खेललाई बराबरीको स्थितिमा पु¥यायो । जर्ज एवी घाइते भई खेल मैदानबाट बाहिरिएपछि स्वीस टोलीले मात्र देश जना खेलाडी लिएर खेल्न बाध्य भएको थियो ।

खेल सकिन १५ मिनेट बाँकी छँदा तीन मिनेटभित्र ट्रेल्लो एवेग्गलेनले जर्मनीविरुद्ध लगातार दुई गोल गरी स्वीसलाई विजयी बनाएका थिए । खेलपछि म्याचका टिप्पणीहरुले सो म्याचको मध्यान्तरपछिको खेलमा खेल मैदान एउटै टोली स्वीस टोलीमात्र देखिएको भनी लेख समीक्षा गरेका थिए । सो विश्वकपमा स्वीजरल्याण्ड क्वार्टर फाइनलसम्म पुगेको थियो । सो प्रतियोगितामा प्रत्येक स्वीस खेलाडीलाई बोनस वापत १ सय ७५ पÞ्रmान्क प्रदान गरिएको थियो ।

लेखक: विधा श्रेष्ठ
(स्रोत: साधना, पूर्णांक  ५५ , विश्वकप विशेषांक १९९८)

प्रतिक्रिया दिनुहोस्