दुबै आंखा खसाल्नेलाई ८ बर्ष जेल सजांय



धादिङ । एक जना वृद्धको आँखा झर्नेगरि कुटपिट गर्नेलाई ८ वर्ष कैद ३ लाख जरिवाना तथा सालकको खपटा ओसारपसार गर्ने २ जनालाई जनही पाँचलाख र २ जनालाई २ लाख पचार हजारका दरले जरिवाना गर्न जिल्ला अदालतले सोमबार फैसला सुनाएको छ ।
जिल्ला न्यायधिस उमेश कोइरालाको इजलासले दुबै आँखा र्झोगरि कुटपिट गर्ने थाक्रे गाउँपालिका वडा न.ं १ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई ८ वर्ष कैद गरि ३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गर्नुभएको हो ।
अभियुक्तबाट जरिवानातिरेको रकम पीडितलाई दिनेगरि सोमबार गरिएको फैसलामा उल्लेख भएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो ।
एकबहादुरले ०७४ कात्तिक १० गते सोही स्थानका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए । पीडितलाई टाउकोमा पछाडीबाट कुटपिट गर्दा दुबै आँखा झरेको छ ।
यसैगरि संरक्षित वन्यजन्तु साललको खपटा ओसारपसार गरेको आरोपमा जिल्ला अदालतमा मुद्धा चलाइएका २ जनालाई जनही पाँच पाँचलाख र सहयोगी रहेका २ जनालाई जनही २ लाख ५० हजारका दरले जरिवाना गर्न सोमबार जिल्ला अदालतले फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधिस उमेश कोइरालाको सोमबारको इजलासले गजुरी गाउँपालिका वडा न.ं ८ का रामकाजी भूजेल र चितवन जिल्ला रापती नपा डा न.ं ४ का राजन ढुंगानालाई जनही ५ लाखका दरले जरिवाना गर्न आदेश गर्नुभएको छ ।
यसैगरि गजुरी गाउँपालिका वडा न.ं ७ का झंक बहादुर अधिकारी र भिमबहादुर पंडितलाई जनही २ लाख ५० हजारका दरले जरिवाना गर्न आदेश गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ०७४ कात्तिक ६ गते आदमघाट बजारबाट ओसारपसार गरिरहेको अबस्थामा २ किलोग्राम २ सय ग्राम संरक्षित बन्यजन्तु सालकको खपटा बरामद गरि उनिहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्