बैकिंग कारोबारले सदरमुकाममा भिडभाड



विनोद सिंह विष्ट–बैतडी । बैतडीका स्थानिय तहमा बैंकिग सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ता भिडभाड रहेको छ ।
अन्य बर्ष जस्तै बैतडी सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको थेगीनसक्नु भीड लागेको हो ।
असारको शुरुवातदेखि नै बैंकमा भीड बढेको छ । स्थानीय तहहरु मार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भीडा पनि वाणिज्य बैंकमै लागेको छ । ‘बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीहरुले बताएका छन् ।
बैंकिंग कारोवारकै लागी भनेर सदरमुकाम पुगेको बताउनुहुन्छ दोगडाकेदार स्थानिय भुपेन्द्र भण्डारी ।
उहाँले भन्नुभयो“हालसालै मात्रै ग्लोबल बैंकको स्थापना भएको भएपनि सबै कारोवार वाणिज्य बैंकवाटै हुने गरेकाले सदरमुकाम धाउन बाध्य छौं”
गत साउनमै स्थानीय तहहरुमा बैंक स्थापना हुने भनिएपनि केही स्थानीय तहमा अझै पनि बैंक पुग्न सकेका छैनन् ।
बैंक स्थापना भएका स्थानीय तहहरुमा पनि ढिलो बैंकका शाखा खुलेकाले कारोबार वाणिज्य बैंकसंगै भईरहेको छ । जिल्ला सदरमुकाममा अन्य बेला सुनसान भएपनि असार शुरु भएदेखि निकै भीड बढेको व्यापारीहरुले बताएका छन् । बैंकबाट भुक्तानी लिनेहरु सदरमुकाममा पुग्दा भीड बढेको स्थानीय विनोदबहादुर चन्दले बताउनुभयो । जेठमै सम्पन्न भएका योजनाहरुको भुक्तानी दिन ढिलाई हुदाँ असारमै आएर उपभोक्ताको भिडभाड बढेको हो ।
जिल्लाका अधिकांस स्थानिय तहमा बैंकिंग सुविधा छैन् । गत बर्ष साउनमै स्थानिय तहमा बैंक स्थापना हुने भनिएपनि सुरक्षा, सडक सुविधा लगायतका कारणले बैंकहरुले जान नमानेको बताईएको छ । स्थानिय तहमा बैंकिंग सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी, तथा स्थानिय नागरिक बैंकिग कारोवारकै लागी सदरमुकाम धाउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्