जस्टिनले गरे इन्गेजमेन्ट



क्यानेडियन गायक जस्टिन बिबरले आफ्ना फ्यानलाई सरप्राइज दिँदै इन्गेजमेन्ट गरेका छन्।

हलिउडको एक अनलाइनमा लेखिएको समाचारलाई विश्वास गर्ने हो भने उनले अमेरिकी मोडल हेली बाल्डविनसँग इन्गेजमेन्ट गरेका छन्। २४ वर्षीय जस्टिन सन् २०१६ देखि बाल्डिविनसँग प्रेम सम्बन्धमा रहेका थिए।

यसबीचमा उनीहरूको ब्रेकअप हुन लागेको खबर पनि आएको थियो। तर, केही समयको अन्तरालपछि उनीहरू फेरि नजिकिएका थिए। बहमासमा छुट्टी मनाउन गएका उनीहरूले त्यहीं विवाहको कुरा छिनेका हुुन्। जस्टिनले लामो समयसम्म गायिका सेलेना गोमेजसँग पनि डेट गरेका थिए। तर, गोमेजसँगको विछोडपश्चात् बिबर बाल्डविनसँग नजिकिन पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्