टोकियो नेपथ्य कन्सर्टलाई हजारौंको साथ



राज बिन थापा, टोकियो, जापान
कप्रिय सांगीतिक ब्यान्ड नेपथ्यको कन्सर्ट टोकियोमा भव्यरूपमा सम्पन्न भएको छ।

जापानको राजधानी टोकियोमा रहेको टोकियो डोम सिटी हलमा भएको कन्सर्टमा जापानमा रहेका हजारौं नेपाली सहभागी भएका थिए। अधिकांश युवा पंक्तिले भरिएको हलमा सम्पूर्ण दर्शकले सभ्यरूपमा कलाकारलाई साथ दिँदै संगीतको मज्जा लिएका थिए।

गोरेटो प्रोडक्सनको आयोजनामा सम्पन्न कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले आफ्ना एक दर्जन नयाँ तथा पुराना लोकप्रिय गीतहरूले दर्शकलाई मनोरञ्जन दिलाएका थिए।

शुरूदेखि नै भरिएको हलमा अन्तिमसम्म नै दर्शक टनाटन थिए। गायक गुरुङले भेडाको ऊन जस्तो, कोसीको पानी, आमा, रातो र चन्द्र सूर्य, जोगले हुन्छ भेट, जोमसोमै बजारमा, हामी नेपाली, रेशम जस्ता लोकप्रिय गीत गायर मनोरञ्जन प्रदान गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्