सरकारको भिलेन



चुनावताकाका उम्मेदवारहरूको प्रतिबद्धता सुन्दा लाग्थ्यो, मुलुकले छिटै काँचुली फेर्छ। स्थानीय निकायका उम्मेदवारको फूर्ति, ओहो ⁄ कुरा गरिसाध्य छैन। त्योभन्दा ठूलो चुरिफुरी हुनेवाला प्रदेश र संघीय सांसदको थियो। प्रतिबद्धता जनाउने अधिकांश अहिले सांसद र मन्त्री बनेका छन्। अहिले भन्छन्– ‘कहाँ एक्लै गर्न सकिन्छ र, मैले त्यस्तो भन्या थिएँ र ?’

प्रधानमन्त्री ओली पनि के कम, उनी भन्छन्– ‘सडकका खाल्डाखुल्डी मैले पा¥या हो र, दशकौं अघिदेखिका खाल्डाखुल्डी छन्, भन्ने वित्तिकै कहाँ पुग्न सकिन्छ ?’ अब त उनका कार्यकता पनि भन्न थाल्या छन्– ‘हाम्रो पार्टीले खाल्डा पा¥या हो र, गल्ती जति सबै हाम्लाई देखाउने ? ’ओली प्रधानमन्त्री बन्या ५ महिना भइसक्यो तर अहिलेसम्म कुन सडकको अवस्था कस्तो छ, कहाँ कति खाल्डाखुल्डी प¥या छ, यकिन गर्न उनलाई फुर्सद भएन रे।

त्यस्तो तथ्यांक संकलन गर्न ओली आफैं सडक नियाल्दै हिँड्नुपर्ने हो र, त्यही भएर वास्तविक अवस्था थाहा पाउन समय निकै लाग्या रैछ। ओलीले सोमबार संसद्मा भने– ‘विकास निर्माण र सडक विस्तार शुरू गर्न खोज्यो, अदालतको स्टे अर्डर आइहाल्छ, सरकार हैरान भा छ।’ भनेसी सरकारको खास भिलेन त अदालत पो रैछ, अनि कहाँबाट हुनु मुलुक परिवर्तन।

प्रतिक्रिया दिनुहोस्