ताइवान: अमेरिकी युद्धपोत प्रवेश



ताइपेइ (एजेन्सी)
वासिङटन र बेइजिङबीच तनाव बढिरहेको बेला दुई अमेरिकी विध्वंशक युद्धपोत ताइवानमा प्रवेश गरेको छ । विध्वशंक युएसएस मस्टिन र युएसएस बेनफोल्ड ताइवान र चीनलाई छुट्याउने जलमार्ग भएर प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

सेनाले छिमेकी इलाकाको स्थिति अनुगमन गरिरहेको र क्षेत्रिय स्थायित्व कायम राख्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न सक्षम रहेको विज्ञप्तीमा उल्लेख गरेको छ । ती युद्धपोत शनिवार राती सम्म पनि उक्त जलडमरुमा रहेको प्रतिरक्षा मन्त्रालयले जनाएकोछ । युएस प्यासेफिक फ्लिटका प्रवक्ता क्याप्टेन चार्ली ब्रोनले पनि उक्त कुराको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्