म्यान्मार: पत्रकारलाई मुद्धा



यान्गुन,(एजेन्सी)
अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका दुईजना पत्रकारलाई अल्पमत मुश्लिम समुदाय रोहिँग्या माथि भएको ज्यादतीलाई लिएर समाचार सम्प्रेषण गरेको अभियोगमा म्यान्मार मुद्धा चलाइने भएको सोमवार स्थानिय संचार माध्यमले जनाएको छ ।

३२ वर्षिय वा लोन र २८ वर्षिय क्या सो ओ विरुद्ध औपनिवेश कालिन सरकारी गोपनियता कानु उल्लंघन गरेको अभियोग लगाइएको बताइएको छ । तिनीहरुलाई गत वर्ष पक्राउ गरी हिरासतमा राखिएको थियो । रोयटर्सले तिनीहरुले पत्रकारीताको धर्म निभाउँदै आमहत्याबारे समाचार सम्प्रषण गरेकाले तिनीहरुलाई निशर्त रिहा गर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्