हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स सम्झौता



काठमाडौं, (नेस)
हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार हिमालयन बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सेवा प्रदान गर्नेछ ।

सो सम्बन्धी सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले एक समारोहका बीच हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्