नरफाँटमा लुम्विनी विकास बैंकको शाखा खुल्यो



काठमाडौं, (नेस)

लुम्विनी विकास बैंकले काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाँटमा ६५औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा नेपाल राष्ट्र बैंकका डेपटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गर्नुभयो ।
शाखा उद्घाटन गर्दै डेपुटी गभर्नर शिवाकोटीले बैंकहरु शहरमा मात्र केन्द्रित नभई ग्रामीण भेगमा समेत सेवा विस्तार गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले बैंकबाट उपलव्ध सेवा सुविधाको सम्बन्धमा स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्