प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनिकरणमा ध्यान पुगेन



काठमाडौं (नेस) । प्राकृतिक प्रकोप न्युनिकरणका काम प्रभावकारी नहुदा हाम्रो देशमा वर्षेनी ठुलो जनधनको क्षति हुदै आएको छ । सामान्य सहजगता अपनाउदा हुने घटनाबाट पनि ठुलो क्षति भइरहेको छ । प्रकोप न्युनिकरणको लागि कार्य गर्ने सरकारी निकाय हिउदभरि गफ मात्र गर्ने र वर्षा लागेपछि क्षतिको तथाङ्क संकलन गर्ने कार्य गर्छन । समयमै प्रभावकारी काम गर्न सकेका छैनन् ।

यो वर्षको तीन महिनाको अवधिमा मात्र विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन् । वर्षको वैशाखदेखि असारसम्मको अवधिमा बाढी, पहिरो, चट्याङ, डुबान लगायतका प्राकृतिका प्रकोपमा परेर मुलुकभर ३ सय २३ जनाले ज्यान गुमाएको बताइएको छ ।

गृहमन्त्रालयका अनुसार गत वर्षपनि प्राकृतिक प्रकोपका कारण ४ सय ५० भन्दा बढिले ज्यान गुमाएका थिए । प्राकृतिक प्रकोपबाट घाइते हुने र विस्थापित हुनेको संख्या पनि त्यतिनै बढ्दो छ । पछिल्लो तीन महिनाको अवधिमा प्रकोपका कारण ५७ जना वेपत्ता भएका छन भने ३ हजार भन्दा बढी परिवार प्रभावित भएका छन् ।

गृहको विपद् व्यवस्थापन महाशाखाका अनुसार गत २०७४ सालमा बाढी पहिरो लगायत प्राकृतिक प्रकोपबाट ५ सय ९७ जनाको मृत्यु भएको थियो भने २०७३ सालमा ४ सय ८३ जनाको मृत्यु भएको थियो ।

२०७२ सालमा भुकम्प समेत गएकोले ९ हजार २ सय ७९ जनाको मृत्यु भएको थियो । २०७१ सालमा ५ सय ३९ जनाको मृत्यु भएको थियो भने २०७० सालमा ४ सय १७ जनाको प्राकृतिक प्रकोपका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्