५३ बालबालिकालाइ शैक्षिक सामाग्री वितरण



भक्तपुर,(नेस)। सुर्यबिनायक नगरस्तरिय बाल संरक्षण तथा सम्बर्दन समितिको आयोजना, नगरपालिका अन्तर्गतका वडास्तरिय बाल संरक्षण तथा सम्बर्दन उपसमिति र युवाका साथ साथ आवाज नेपालको समन्वय तथा सुर्यबिनायक नगरपालिकाको सहयोगमा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने ५३ जना बालबालिकाहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ।

सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले शैक्षिक सामाग्री वितरण गर्दै यस बर्ष नगरपालिकाले बालबालिकाको क्षेत्रमा पहिले भन्दा बढि छुट्ट्याएको र भविष्यमा अझ धेरै संख्यामा बालबालिकालाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरिने बताउनु भयो। नगरप्रमुख थापाले शैक्षिक सामाग्रीमा स्कुल ब्याग, कापी, कलम, डट्पेन, पेन्सिल, इरेजर, कटर, पेन, मसि, डिक्सनेरी, ज्यामिती बक्स र कलर उपलब्ध गराइएको थापाले बताउनु भयो ।

जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख कुवँरले साबिक अनन्तलिङ्गेश्वर नगरपालिकामा आफुहरुले सन्चालन गरेको बालश्रम विरुद्धको हरियो झन्डा अभियानको सम्झना गर्दै अभियान अन्तिम चरणमा आइपुग्दा विविध कारणबस सफल हुन नसकेकोले अब सुर्यबिनायक नगरपालिकाले फेरि त्यही अभियानलाई निरन्तर दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकारका महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भविष्यका कर्णधारका रुपमा रहेका बालबालिकाको बर्तमानमा बिशेष संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमका सभापती तथा नगरस्तरिय बाल संरक्षण तथा सम्बर्दन समितिका संयोजक दीपक बिसुङ्खेले बालबालिकाको संरक्षणका निम्ति आफुहरुले कार्य गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनु भयो । कार्यक्रम सन्चालक श्रीकृष्ण थापाले यस्ता कार्यक्रमले बालबालिकालाई अध्ययन गर्नको लागि पे्ररणा मिल्ने बताउनुभयो।

कार्यक्रममा सुर्यबिनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, सुनपा वडा ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटा, महिला तथा बालबालिका कार्यलय प्रमुख निला कुमारी घिमिरे, चाँगुनारायण नरस्तरिय बाल संरक्षण तथा सम्बर्दन समितिका संयोजक कृष्णा कार्की लगायत जनप्रतिनिधि, विभिन्न बिद्यालयका शिक्षकशिक्षिकाहरु, युवा स्वमसेवकहरु, अभिभावक, वडास्तरिय बाल संरक्षण तथा सम्बर्दन उपसमितिका संयोजक र सदस्य सचिव, बालबालिका र पत्रकार गरि १५० जनाको सहभागीता रहेको थियो । शैक्षिक सामाग्री वितरणबाट बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्