प्लेयर्स टू वाच: हजार्डले फ्रान्सको सपना तोड्न सक्छ



सेन्ट पीटर्सबर्ग, (एजेन्सी)
क्रोएसियाका कप्तान इडिन हजार्ड पछिल्लो एक दशकमा फ्रान्सको एकेडेमी प्रणालीका सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक हुन् । तर उनी डिडियर डेसक्याम्प्सको टोलीको विश्वकप जित्ने सपना तोड्न सक्छन् ।

फुटबल खेल्ने बुबा आमाका सन्तान हजार्ड बेल्जियमको ब्रेन ली कोम्टेमा जन्म भएको थियो । उनको ख्याति छिटै छीमेकी देशमा फैलिन थाल्यो र १४ वर्षको उमेरमा लीलीले उनलाई आबद्ध गरायो ।

हजार्डले दुई वर्षपछि लीग वानमा व्यावसायिक करियरमा पाइला टेके । फा्रन्सको फुटबलको लागि सबैभन्दा प्रतिभावान खेलाडीमा उनी सामेल भए । उनले दुई पटक लीगमा सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका छन् । २०१० मा लीलीलाई लीग वान र कपको दोहोरो उपाधि पनि दिलाए ।

चेल्सीले २०१२ मा चार करोड ३० लाख डलर खर्च गरेर हजार्डलाई किन्यो । इंग्ल्यान्डमा ६ सिजनमा हजार्डले दुई लिग उपाधि र प्रशंसा पनि प्राप्त गरे । अहिले रुसमा जारी विश्वकपमा यी खेलाडी सबैभन्दा सशक्त रुपमा चित्रित भइरहेका छन् ।

बेल्जियमको स्वर्णिम पुस्ताका कप्तान बनेका हजार्ड विश्वकप दिलाउन कम्मर कसिरहेका छन् ।

भिन्सेन्ट कोम्पानी चोटबाट टोलीमा फर्के पनि प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई कप्तानमै राखेका छन् । क्वाटरफाइनलमा उनले सानदार प्रदर्शन गरेर ब्राजिलमाथि जित दिलाएका थिए । बाल्यकालमा हजार्डले फ्रान्सका महान खेलाडी र विश्वकप १९९८ च्याम्पियन जिनेदिन जिदानबाट प्रेरणा लिएका थिए । अहिले २० वर्षपछि हजार्ड जिदानसँग बराबरी गर्न दुई जित टाढा छन् ।

हजार्डको लागि सेमिफाइनलमा फ्रान्सलाई पन्छाउन त्यति सजिलो पनि हुँदैन । किनभने फ्रान्ससँग पउल पोग्बा, किलियन एम्बाप्पे र एन्टोइन ग्रीजम्यान जस्ता दिग्गज खेलाडी छन् ।

 

प्रतिक्रिया दिनुहोस्