पृथकतावादी क्याटलोनियाली नेतासँग स्पेनी प्रधानमन्त्रीको वार्ता



स्पेन ।
स्पेनका नयाँ प्रधानमन्त्री पेड्रो सान्चेजले पृथकतावादी क्याटलोनियाली नेता क्विम टोर्रासँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री भएपछि पेड्रोले पहिलो पटक सोमबार क्विमसँग क्याटलोनियाको आन्दोलनका बारेमा छलफल गर्नु भएको हो ।
क्याटलोनियाको समस्या समाधानका लागि वार्ताको माध्यममार्फत् पहल गर्ने उद्देश्यले उहाँहरूबीच छलफल भएको अधिकारीहरूले बताएका थिए ।
स्पेनको क्याटलोनियामा आन्दोलन सुरु भएको दुई बर्षपछि उहाँहरूबीचमा पहिलो पटक वार्ता भएको बताइएको छ ।
प्रधानमन्त्रीसँगको वार्ताका वेला पृथकतावादी नेता टोर्राले क्याटलोनीयाको स्वतन्त्रताबारेमा फेरि स्वतन्त्र जनमत संङ्ग्रह गर्न माग गर्नुभयो ।
उहाँले क्याटलोनियाका जनताले आफै निर्णय गर्न पाउनुपर्ने विषयमा अडान राखेको समाचारमा जनाइएको छ ।
एक महिना अगाडि प्रधानमन्त्री बन्नुभएका सान्चेजले भने क्याटलोनीयाका पृथकतावादी नेताहरू पहिलाभन्दा परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्