ट्रेलरमा अमेरिकामा बनेको फिल्म



अमेरिकामा निर्माण भएको फिल्म अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले फिल्मको आकर्षक पक्षलाई देखाउने प्रयास गरेको छ। नेपाली कलाकारलाई समेटेर निर्माण गरिएको फिल्मका निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रालिका लागि राजेश गुरुङ, मञ्जु राना मगर, सञ्झना उप्रेतीले निर्माण गरेको फिल्ममा नन्दिता केसी, इशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म अमेरिकाबाटै रिलिज गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्