अफगानिस्तान: अमेरिकी मारिए



कावुल,(एजेन्सी)
उत्तर एटलान्टिक सन्धि संगठन ( नेटो ) ले आइतवार संभवत आफ्नै सहकर्मिको आक्रमणमा एकजना अमेरिकी सैनिक कर्मचारी मारिएको र अन्य दुईजना घाइते भएको जनाएको छ ।

नेटोको नेतृत्वमा रहेको रिसोल्युट सपोर्ट मिसनले शनिवार दक्षिणी अफगानिस्तानमा सो आक्रमण भएको पुष्टि गरेको छ । तर अहिले सम्म आक्रमण कसबाट भयो भन्ने यकिनका साथ कसैले उल्लेख गरेको छैन । एकजना प्रहरी अधिकारीले उरुज्गान प्रान्तको राजधानी टारिन्कोट स्थित विमानस्थलमा सो गोली काण्ड भएको एएफपि समाचार निकायलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्