चीन: चालक रहित गाडी



बेइजिङ (एजेन्सी)
चीनको राजधानी बेइजिङको सार्वजनिक सडकमा स्वचालित गाडी परीक्षणका लागि डायम्लरलाई अनुमति दिइएको छ । यस प्रकारको अनुमति पाउने यो पहिलो अन्तराष्ट्रिय गाडी निर्माता कम्पनी हो ।

अत्यन्त निगरानीमा सघन परीक्षण पुरा गरेपछि चिनियाँ सरकारले मर्सिडिज–बेन्ज ब्रान्डका मालिकलाई उक्त अनुमति दिएको कम्पनीले जारी गरेको एक विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त अनुमति चीनमा आफनो अनुसन्धा र विकाश प्रयासका लागि कोशेढुंगा सावित हुने जनाएको छ । जर्मनी र अमेरिकामा पनि अनुमति प्राप्त गरेको डायम्लरले अब बइजिङको सडकमा पनि परीक्षण गर्न पाउने भएको विज्ञप्तीमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्