दक्षिण कोरिया: पोर्नोग्राफीको विरोध



सोल,(एजेन्सी)
स्पाइ क्यामेराबाट पोर्नोग्राफी फिल्म बनाउने अवैध कार्य रोक्न माग गर्दै शनिवार दक्षिण कोरियाको सोलमा दशौं हजार महिलाले विरोध प्रदर्शन गरेका छन् । महिलाहरु मात्र गरेको दक्षिण कोरियाकै यो सबैभन्दा ठूलो प्रदर्शन हो । पिडकहरुले सार्वजनिक स्थलहरुमा लुकाएर राखिएका क्यामेरा मार्फत अश्लिल सामग्रीहरु तयार गर्ने गरेका छन् ।

पोर्नोग्राफी बिक्रि वितरण त्यहाँ अवैध भएपनि अनलाइन मार्फत व्यापक मात्रामा अश्लिल यौन भिडिायो र तस्वीरहरु सेयर हुने गरेका छन् । उक्त प्रदर्शनका आयाजकले महिलाहरु संधै आफ्नोबारे पोर्नोग्राफी बन्ने चिन्तामा रहने गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्