एनआईसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच सम्झौता



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले २२५ वटै शाखाबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण मर्हजनले हस्ताक्षर गर्नुभयो ।

यसैबीच एनआईसी एसिया बंैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलार बत्ती तथा सीसी टिभी क्यामेरा उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालगायतको उपस्थितिमा बंैकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उग्रचण्डी नाला समाजलाई उक्त सोलार बत्ती तथासीसीटिभी क्यामेरा हस्तान्तरण गर्नुभएको छ । थियो ।

बैंकको २२५ शाखा, २१८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् ११ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १७६ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब तथा कुल कर्जा लगानी १२० अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्