रुकुमको खदीमा पहिलोपटक गाडी पुग्यो



धनवीर दाहाल, रुकुम पश्चिम ।

रुकुम पश्चिम अन्र्तगत आठबिस नगरपालिकाको वडा नं ३ खदीमा पहिलो पटक गाडी पुगेको छ । आठबिसकोट नगरपालिकाको बसेरा भन्ने ठाँउबाट खदी गाँउ सम्म ७.५ किलोमिटर सडक निर्माण सम्पन्न भएको नगरप्रमुख गोर्खबहादुर के.सीले बताउनुभयो ।

७.५ किलोमिटर मध्य ५ किलोमिटर सडकको रकम नगरपालिकाले भुक्तानी गरिसकेको र बाँकी आगामी आर्थिक बर्षमा भुक्तानी गरिने नगरप्रमुख के.सीले नेपालसमाचार पत्रलाई जानकारी दिनुभयो ।

आठविसकोट नगरपालिका भित्रको पनि दुर्गम मानिने खदी गाँउमा गाडी पुगेपछि स्थानीयमा खुसी छाएको छ ।

सडक निर्माण सम्पन्न गरी गाडी पुग्दा भएपछि स्थानीयले फुल मालाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्