थाइल्यान्ड: बहादुर बच्चा



बैकक (एजेन्सी)
करिब दुई हप्तादेखि उत्तरी थाइल्यान्डको एक गुफामा फसेकका १२ बच्चाले आफना परिवारजनको नाममा पहिलो पटक लिखित संदेश पठाएका छन् । केही बच्चाले लेखेका छन्, ‘तपाईहरु चिन्तित नहुनु,… हामी सबै बहादुर छौं ‘ ।

केही बच्चाले भने गुफामा आफुलाई मनपर्ने खान पठाइदिन भनेका छ । शनिबार विहान थाइल्यान्डका नौसैनिक गोताखोरको एक दल गुफाबाट उक्त लिखित सन्देश लिएर फर्केका थिए । यसअघि फसेका बच्चाहरुलाई स्वासप्रस्वासमा समस्या नआउन भनेर गुफामा अक्सिजनको लाइन विछ्याइएको उद्धार टोलीका वरिष्ठ अधिकारीले बताए । बच्चाहरुले अहिले विद्यालयमा धेरै होमवर्क नदिन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्