बेलायत:ओखरले शुक्राणु बढ्छ



लन्डन (एजेन्सी)
एक अनुसन्धानले सुकेको ओखर खानाले पुरुषमा शुक्राणुको गुणस्तर राम्रो हने पत्ता लागेको छ । जुन पूरुषले १४ हप्तासम्म दिनहुँ दुई मुठ्ठी ओखर, बदाम र हेजलनट खाएमा शुक्राणुको शक्ती बृद्धी हुने मात्र नभई त्यसको तैरिने गतिमा पनि बृद्धी हुने वैज्ञानिकहरुले बताए ।

पश्चिमी देशमा पुरुषको शुक्राणुको संख्यामा गिरावत आइरहेको बताइरहेको बेला उक्त सोध नतिजा सार्वजनिक भएको हो । यसलाई प्रदुषण, धुम्रपान र स्वास्थ्यलाई नोक्सान पुर्याउने खुराकसँग जोडेर हेरिएको छ । राम्रो र सन्तुलित खानाले यस समस्यामा नियन्त्रण पाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्