विपद् व्यवस्थापनमा चुनौती



-डा. डीआर उपाध्याय
अहिले देशका बिभिन्न भुभागमा बाढी–पहिरो र डुवानको कारण धनजनको क्षेति भैरहेको छ । तर सरकार बिपद ब्यवस्थापनमा सक्रियता देखाई रहेको छैन । यस बर्षको मनसुन सक्रिय हुँदा देशभर अबिरल बर्षा भइरहेको छ । भारी बर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बर्षा सुरु हुनु अगावै राज्यले सतर्कता देखाउनु पर्दथ्यो । देखाउन सकेन । यो सरकारको कमजोरी हो ।

अहिले देशका धेरै जसो ठाँउमा बर्षका कारण पहिरो गएको छ । पहिरोमा बस्तीहरु डुवेका छन । जसको कारणले गर्दा बाढीले बस्ती नै बगाएको छ । यो भन्दा दुख्ख लाग्दो कुरा अरु के हुन्छ ? सरकार यो बिषयमा गंम्भिर हुनु पर्छ । बाढी पीडित लाई राहातको ब्यवस्था छिटो गरिनु पर्छ । सडक आवागमनमा अवरोध खडा हुँदा धेरै जसो यात्रुहरु बीच बाटोमा अलपत्र परेको अवस्था छ ।

हरेक बर्षको मनसुन सुरु हुदाँ बाढी–पहिरो जाने, तराई मधेस डुवानमा पर्ने गरेका छन । यो नौलो बिपद होइन, धेरै प्राकृतिक बिपद ब्यहोरदै आएका छौ । प्राकृतिक प्रकोप बढनु भन्दा पहिला राज्यले सतर्कता अपनाउनु पर्ने हो, कुनै चासो नै दिदैन । जव भयो राती, तव बुढि ताती ठयाक्कै यो उखानको सम्झना आउछ । देशको सरकार यस्तै छ । पहिला पनि यस्तै थियो । यस्तो भए पछि देशका नागरिकले दुख्ख पाउछन । र पाइरहेका छन ।

प्राकृतिक बिपद न्युनिकरण गर्ने भन्दै तालिम गोष्ठि तारे होटलमा हुने गर्छन । तालिम गोष्ठिको नाममा अवौ रुपैया राज्यकोष बाट र बिदेशि दाताको गरि सबै सकाइन्छ । तर उपलब्धि शून्य छ । यस्तो भए पछि देश चल्छ ? प्राकृतिक प्रकोप आउदा यो अवस्था राज्यले ब्यहोर्नु परेको छ । बाढी–पहिरोका कारण मान्छे मरिरहेका छन । बाढी–पहिरोमा परि बर्सेनि हजारौको हारा हारीमा निधन हुने गरेको छ ।


यति बेला देशभरि नै अविरल वर्षाले जनजीवन प्रभावित छ । धेरैजसो पहाडी मार्गहरु अवरुद्ध छन् । ठाउँ–ठाउँमा पुल भत्किएका छन् । बाटो अवरुद्धका कारण जनताले धेरै सास्ती भोग्नुपरेको अवस्था छ । बाढी–पहिरोपछि कतिपय शहर र गाउँको सम्बन्ध नै टुटेको छ । अवरुद्ध बाटो खोल्ने काममा सम्बन्धित पक्षको ध्यान पुग्न सकेको छैन ।


प्राकृतिक प्रकोप भनेको कसैले रोकेर रोकिने कुरा होइन, तर समयमै सतर्कता अपनाउन सकियो भने यसवाट हुने क्षति लाई न्यूनिकरण भने गर्न सकिन्छ । हामी सबै सचेत र गंम्भिर हुनु पर्ने बिषय नै यहि हो । बाढी बाट बच्न पूर्व तयारी र सतर्कता अपनाउन सकेमा धनजनको क्षति लाई कम गर्न सकिन्छ ।

बन जगंल फडानि गर्नाले पहाडि भेगहरुमा पहिरो जाने क्रम बढदो छ । जथाभावि बन फडानि गर्न हुदैन भन्र्ने ज्ञान सबै नागरिकमा हुनु पर्छ । नागरिक सचेत नभए सम्म यस्ता काम कहिले रोकिदैन । अहिले मनसुन सुरु भएको छ, अबिरल बर्षाका कारण जुन सुकै भु भागमा जे पनि हुन सक्ने खतरा छ, त्यस कारणले गर्दा सरकारले उद्धार र राहातका लागी खडा गरिएका सबै संयन्त्रलाई तयारीका साथ राख्नु पर्छ । त्यसो गरियो भने राहत बाँडन सजिलो हुने छ ।

आबश्यक सम्पूर्ण सामाग्री ब्यवस्थापन गर्नु राज्यको कर्तब्य हो । खास गरी स्थानिय प्रशासन चनाखो भएर परिस्थिति लाई हेर्नु पर्छ । जुन ठाँउमा आपत बिपद पर्छ, त्यस ठाँउमा तत्काल टोली परिचालन गरी उद्धार र राहातको काम लाई तिव्र पार्नु पर्छ । यस अघिका थुप्रै प्राकृतिक प्रकोपका घटनामा तत्काल उद्धार टोली खटाउन नसक्नाले धेरैले ज्यान गुमाउनु परेको तीतो अनुभव हामी संग छ ।

ति बिगतका अनुभव बाट पाठ सिकेर बिपद ब्यवस्थापनमा अघि बढनु पर्ने आबश्यकता देखिएको छ । अव कमी कमजोरी सच्चाउदै अघि बढने बेला हो यो । बिपद ब्यवस्थापनमा सम्पूर्ण नेपाली नागरिकहरु एकजुट हुनु पर्छ । पार्टीगत स्वार्थ त्यागेर सबै मिलेर लाग्नु पर्छ ।
अहिले देश भरी स्थानिय सरकार छ । स्थानिय सरकारले यस बिषयमा अलि बढि चासो र सतर्कता अपनाउन जरुरी छ ।

स्थानिय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरु सक्रियताका साथ लाग्नु पर्छ । प्राकृतिक बिपतिले कुनै पनि नागरिक को अकालमा ज्यान नगुमोस भन्र्ने हो । त्यसको लागी नै सतर्कता अपनाउने हो । यतिखेर सबै भन्दा नजिकको र भरपर्दो सरकार भनेकै स्थानिय सरकार हो । स्थानिय जनप्रतिनिधिहरु बिशेष गरेर प्राकृतिक प्रकोपको सामाना गर्न र पीडितहरुलाई राहत र उद्धार कार्यमा खटिनु पर्छ । जनताको सेवा हुदैन भने स्थानिय सरकार भएको के अर्थ ? बुझनुपर्ने कुरा यो हो ।

उद्धार र राहातका लागी आबश्यक सबै सामग्री जोहो गरी स्थानिय सरकार तयारीका साथ बस्नु पर्छ । किन भने यो भन्दा ठूलो बिपद आउन पनि सक्छ । यो त बर्षायामको सुरुवात मात्र हो । बाढी–पहिरो, डुवान जस्ता प्राकृतिक प्रकोपको सामना गदै जानु पर्ने अवस्था देखिन्छ । जोखिमयुक्त बस्तीहरुमा स्थानिय सरकारले पूर्वसचेत बनाएर राख्नु पर्छ । त्यसो भयो भने क्षति घटाउन सकिन्छ ।

बाढी पहिराकै कारणले हरेक बर्ष धनजनको क्षति बेहोर्नु परेको पीडा छदै छ । अझै त्यस्तो स्थिति नहोस भन्र्ने कामना हो । अरु उपाय नागरिक संग के नै हुन्छ र ?ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिक रुपमा परिक्षण नगरी सडक निर्माण गर्दा बाढी–पहिरो बढि मात्रमा जाने कुरा सम्वन्धित सरोकारवाला बिज्ञहरुले बताउदै पनि आएका छन । बसाई सराईका कारण बढेको बन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढि पहिरोको जोखिम बढेर गएको हो । यो यथार्थ कुरा हो ।

पहाडमा पहिरो, तराईमा बाढी बर्षेनी आउने गरेको छ । यो त सबैलाई थाहा छ, तर सावधानी अपनाउने कुरामा न नागरिकले चासो दिन्छन नत सरकारले । समस्या यो हो । होचुवाको भरमा सडक निर्माण गरिएको छ । त्यहाँ पहिरो नगएर के जान्छ ?यस्तै, अन्य प्रकृतिक एवं भौगर्भिक कारणले पनि ठूला ठूला पहिरो जाने गरेको छ । केहि दिन पहिले बागलुगंमा गएको पहिरो त्यस्तै भौगर्भिक कारणले गएको सरोकारवाला बिज्ञले भनेका छन ।

चुरे तथा तराई क्षेत्रमा पछिल्लो समय बढेको बनफँडानीका कारण पनि बाढी–पहिरोको मात्रामा बृद्धि भएको छ । बर्षाको पानी रोक्ने रुख कटान हुँदा पानी सोझै जमिनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको भूगर्भविद्धले बताएका छन । बाढी–पहिरो लाई रोक्न सबै भन्दा पहिला बन जगंलको संरक्षण गर्ने काम गरौ ।

 

जथाभावी बन जंगल फँडानी गर्ने काम नगरौ । बन जगंल बचाउँने चेतनामूलक कार्यक्रम हरु देश भरी चलाउ । त्यसो भयो भने केहि मात्रमा भए पनि प्राकृतिक प्रकोप बाट जोगिन सकिन्छ । बोट बिरुवा रोप्ने काममा पनि सबैले ध्यान दिनु पर्छ । बोट बिरुवा रोपियो भने त्यो बिस्तारै हुर्कदै जान्छ र ठूला ठूला रुख हुन्छन । त्यसले पहाड पहिरो जान बाट रोक्छ ।

हामीले बन फँडानी जथाभावी गर्ने मात्र होइन, जोगाउने र बिरुवा रोप्ने तिर नि लागौन । बिरुवा रोप्ने तिर कसैको ध्यान नै जादैन । खाली बिनास गर्ने काममा मात्र सबैको ध्यान छ । यस्तरी हुदैन । बन जगंल बोट बिरुवा जोगाउने र संरक्षण गर्ने तिर हामी सवैको ध्यान जानु पर्छ । बर्षाका कारण अहिले भर्खरै सम्म सयौ भन्दा बढि घर बिस्थापित भएको अवस्था छ भने बाढीले सडक बगाएको छ । जसले गर्दा धेरै ठाँउमा सवारी आवागमन अवरुद्ध भएको छ । धेरै ठाउमा खोलाको बाँध फुटेर बस्तीमा बाढी पस्दा सय भन्दा बढी घर डुवानमा परेका समाचार बाहिर आएका छन । बाढी प्रभावित क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन जरुरी छ ।

 

यति बेला देशभरि नै अविरल वर्षाले जनजीवन प्रभावित छ । धेरैजसो पहाडी मार्गहरु अवरुद्ध छन् । ठाउँ–ठाउँमा पुल भत्किएका छन् । बाटो अवरुद्धका कारण जनताले धेरै सास्ती भोग्नुपरेको अवस्था छ । बाढी–पहिरोपछि कतिपय शहर र गाउँको सम्बन्ध नै टुटेको छ । अवरुद्ध बाटो खोल्ने काममा सम्बन्धित पक्षको ध्यान पुग्न सकेको छैन । उच्च जोखिममा रहेका बस्तीलाई जोगाउने काममा समयमै सतर्कता अपनाउने गरौं । बाढीपहिरो र डुबानमा परेका नागरिकलाई उद्धार र राहत कार्यमा सक्रियताका साथ लागौं ।

प्रतिक्रिया दिनुहोस्