नेपालले ल्याएको बिजुलीको मूल्य २० प्रतिशत बढाउने भारतीय प्रस्ताव, नेपालको अस्वीकार



नेपाल समाचारपत्र, काठमाडौँ ।

भारतले नेपालमा आयात भइरहेको बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ ।

नेपाल–भारत विद्युत आदान प्रदान समिति (पीइसी) को बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको हो । तर, नेपाली टोलीले भारतीय प्रस्तावलाई अस्वीकार गरेको छ । नेपालले भारतबाट झण्डै ४५० सय मेगावाट बिजुली आयात गरिरहेको छ ।

यसमध्ये करिब ३ सय मेगावाट बिजुली यही कमिटीले तोक्ने दरमा खरिद गरिन्छ । जसमा १३२ केभी प्रशारणलाइनबाट आउने बिजुलीको मूल्य ५५० र ३२ केभीमा भारतयि ६ रुपैयाँ प्रति युनिट पर्छ जान्छ । अहिलेको अवस्थामा १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ८.८८ नेपाली रुपैयाँ , ९।६ रूपैयाँ र १०.३२ रूपैयाँ छ ।

नयाँ दिल्लीमा हालै सम्पन्न बैठकमा भारतले १५ देखि २० प्रतिशतसम्म मूल्य बढाउने प्रस्ताव गरेको हो । बैठकमा नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने नयाँ दरमा बिजुली किन्न नसकिने जवाफ समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्