माडि नदिले बगाएका मजदुरको उद्धार



सलिम अन्सारी, प्युठान ।
प्युठान जिल्लाको सरुमारानी ४ कुँडुलेस्थित निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्ने एकजना मजदुर मृत भेटिएका छन् ।

रुकुमको मुसिकोट नगरपालिका १३ लुरिकोट बस्ने  ४० वर्षीय दान बहादुर बिष्ट पुल देखि झण्डै ३ किलोमिटर तल अपरान्ह ५ बजे मृत भेटिएका हुन् । उनी काम सकेर बिहानको खाना खान नजिकैको कुडुले बजारमा खोला तरेर जान लागेका बेला भेलमा बगेका हुन।

खोला तर्न खोज्दा शनिवार मद्यान्ह साढे १२ बजे उनलाई माडी नदिले बगाएको थियो ।
स्थानीय बासिन्दा र बडडाडा प्रहरीको तीव्र खोजी पश्चात बिष्ट्रको मृत शव भेटिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्