मासुको उत्पादनलाई स्वस्थकर बनाउन आधुनिक वधशाला निर्माण



टंकराज अधिकरी, पोखरा ।

पोल्ट्री क्षेत्रमा परनिर्भरता अन्त्य गर्ने उद्देश्य अनुरुप पोखरामा स्थापित माछापुच्छ«े पोल्ट्री ग्रुपद्धारा सञ्चालित माछापुच्छ« कोल्ड स्टोर्स एण्ड मिट सप्लायर्स प्रा.लि. सञ्चालनमा आएको छ ।

करिव डेढ सय भन्दा वढी किसानहरुलाई पोल्ट्री व्यवसायमा आवद्ध गराई मासिक ५० हजार कुखुरा उत्पादन गर्दै आएको प्रा लि ले किसानहरुले उत्पादन गरेका कुखुराले सहज वजार नपाएपछि किसानको उत्पादनको वजार व्यवस्थापनका लागि व्यवस्थित मिट सप्लायर्स एण्ड कोल्ड स्टोस्को स्थापना गरेको हो ।

मासु तथा मासुजन्य पदार्थको उत्पादन र व्यवस्थापन एक चुनौती पूर्ण र सम्वेदनसिल कार्य भएकोले मानव स्वास्थ्यलाई नभई नहुने पोषिलो खाद्य पदार्थ मासुको उत्पादनलाई स्वस्थकर र व्यवस्थितका लागि आधुनिक वधशाला वनाउन जरुरी भएको प्रा लि का संञ्चालक चुडामणी बरालले बताए ।

निजि क्षेत्रवाटै प्रा.लि. ले कुखुराको स्वास्थ्य र गुणस्तर युक्त मासु उत्पादनका लागि आधुनिक वधशाला निर्माण गरि संचालनमा ल्याइएको हो बजारमा जथाभावी ढंगले मासु काटिने हुँदा दुर्गन्ध र अस्वस्थकर मासु खान वाध्य पोखरेलीलाई न्याय दिन व्यवस्थित र आधुनिक वद्यशाला निर्माण गरेका हौ बरालले भने ।

करिव साढे चार करोड लगानी रहेकोे दैनिक २ हजार कुखुरा (३ हजार के.जी.) तयारी मासु उत्पादन गरि वजार आपूर्ति गर्न सक्ने क्षमता रहेको यो कम्पनीलाई एक बर्ष भित्र दोव्वर क्षमतामा संचालन गर्ने गरि योजना अघि सारिएको अर्का सञ्चालक राम बहादुर गुरुङले बताए र सो को लागि करिव सात करोड लगानी हुने उनले बताए । कम्पनीले ससेज मेसिन, मःम मेसिन, भ्याकुम मेसिन, र वातानुकुलित ढुवानी सवारी साधन समेत थप्ने विस्तारित योजनालाई आगामी वर्षमा कार्यान्वयनमा ल्याउने कार्य अघि बढाएको छ ।

४० जना कामदार कर्मचारीलाई प्रत्यक्ष र संयौलाई अप्रत्यक्ष रोजगार तथा आय आर्जनको वाटो खुलाएको यस प्रा लि ले अटोमेटिक वधशाला र उत्पादित मासु चिस्यानका लागि १४ टन मासु राख्न मिल्ने कोल्ड रुमका लागि मात्र करिव एक करोड रुपैया खर्च गरेका छ जसका लागि नेपाल सरकार क्षेत्रीय पशु सेवा निर्देशनालयबाट ३५ लाख रुपैया अनुदान प्राप्त गरेको छ ।

आधुनिक वधशालाको उद्घाटन गर्दे प्रदेश नं ४ का भुमि ब्यवस्थापन, कृर्षि तथा सहकारी मन्त्रि लेखबहादुर थापाले पोखरालाई कुखुराको मासुमा आत्मनिर्भर वनाउन कम्पनीले कुखुरा उत्पादक किसानलाई प्रोत्साहन सहित वजार सुनिश्चितता प्रदान गरेकोमा सञ्चालकलाई धन्यवाद दिएका थिए ।

तुलनात्मक रुपमा अरु ब्यवसाय भन्दा वढी जोखिम पूर्ण मानिने पोल्ट्री व्यवसायमा समर्पित व्यवसायिक किसानहरुका लागि प्रदेश र स्थानीय सरकारले विमा सहित सुलभ व्याज र सहज वैंक ऋणको प्रवन्ध मिल्ने गरि निति तथा कार्यक्रम ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्