सरकारलाई ७२ घण्टे अल्टिमेटम, माइतीघर मण्डलामा कडा प्रदर्शन



नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाल चिकित्सक संघले चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा. गोविन्द के.सी.ले उठाउँदै आएका चिकित्साशिक्षा सँग सम्बन्धित जायज सवालहरुको समर्थन गर्दै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै शुक्रबार देखि देश भरका चिकित्सकहरुले कालो पट्टी बाधेर काम गर्ने निर्णय गरेको छ ।

संघले विगतमा पनि समर्थन जनाउँदै आइरहेको अहिले पनि पूर्ण समर्थन रहेको संघका अध्यक्ष मुक्तीराम श्रेष्ठले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

असार २४ गते आईतबार नेपाल चिकित्सक संघको तर्फबाट प्रधानमन्त्री, उपप्रधान तथा स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराउने । ज्ञापन पत्र बुझाएको ७२ घण्टा सम्ममा सरकारबाट सम्बोधन नभएको खण्डमा विरोधका अन्य कार्यक्रमहरु सार्वजनिक गरिने ।

डा. के.सी.को स्वास्थ्य स्थिति बुझि प्रतिवेदन पेश गर्न संघका वरिष्ठ उपाध्यक्ष डा। ढुण्डीराज पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष डा। प्रकाश बुढाथोकीलाई अनसन स्थलमा शनिवारै पठाउने निर्णय भएको संघका महासचिव तोषिमा कार्कीले जानकारी गराउनुभयो ।

डा. के.सी.को जीवन रक्षाका लागि असार २२ गते कार्यकारिणी समितिका पदाधिकारी एवं सदस्यहरु, संघका पूर्व अध्यक्षहरु एवं महासचिवूहरु, संघ परिषद्का सदस्यहरु, काठमाडौं उपत्यकामा रहेका अस्पतालका निर्देशकहरु, विभिन्न बिशेषज्ञ समाजका अध्यक्ष एवं महासचिवहरु, साथै अन्य सरकारी तथा निजी अस्पतालका चिकित्सकहरुसँग संघको कार्यालयमा भएको छलफलबाट पप्त भएको सुझाब अनुसार संघको कार्यसमितिको निर्णय बमोजिम कार्यक्रमहरु तय गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

संघले सार्वजनिक गरेका विरोधका कार्यक्रमहरु

१० यस संघले विगतकाल देखि नै स्वामित्व ग्रहण गर्दै आएका चिकित्साशिक्षा र स्वास्थ्यसेवासँग सम्बन्धित डा। गोविन्द के।सी।ले उठान गरेका जायज मागहरुप्रति ऐक्यबद्धता जाहेर गर्दै उहाँको जीवनरक्षाको माग गर्ने ।
२० आजैका मिति देखि लागू हुनेगरी देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकले कालोपट्टी बाँधी स्वास्थ्य सेवा प्रवाह गर्ने ।

३० २०७५ साल असार २४ गते आईतबार नेपाल चिकित्सक संघको तर्फबाट प्रधानमन्त्री, उपप्रधान तथा स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराउने । ज्ञापन पत्र बुझाएको ७२ घण्टा सम्ममा सरकारबाट सम्बोधन नभएको खण्डमा विरोधका अन्य कार्यक्रमहरु सार्वजनिक गरिने ।

४० डा। गोविन्द के।सी।को स्वास्थ्य स्थिति बुझि प्रतिवेदन पेश गर्न यस संघका वरिष्ठ उपाध्यक्ष डा। ढुण्डीराज पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष डा। प्रकाश बुढाथोकीलाई अनसन स्थलमा पठाउने ।

उल्लेखित विरोध कार्यक्रमको कार्यान्वयनका लागि नेपाल चिकित्सक संघका शाखा कार्यालयहरु, देशभरका सम्पूूर्ण स्वास्थ्यकर्मी, चिकित्सकहरुलाई यसै विज्ञप्ती मार्फत जानकारी गराउँदै यस आन्दोलनलाई निर्णायक बनाउन आह्वान समेत गरेकोछ । साथै संघले संचालन गरेका विरोधका कार्यक्रमप्रति ऐक्यबद्धता जाहेर गरी डा. के.सी.को जीवन रक्षा गर्नका लागि विभिन्न संघ संस्था, शुुभेच्छुक, पत्रकार, बुुद्धिजीवि, सर्वसाधारण, नागरिकहरु एवं स्वास्थ्यसँग सम्बन्धित सम्पूूर्ण सरोकारवाला निकायहरु समक्ष संघले अपिल गरेकोछ ।

शुक्रवारै जुम्लामा द्धन्द्धपिडित एकल महिलाहरुले सरकारको रवैयाको विरोध गर्दै प्लेकार्ड सहित डा.केसीको समर्थनमा बजार परिक्रमा गरि डा.केसीको जीवन रक्षाको माग गर्दै डा.केसी अनसनरत स्थलमै पुगेका थिए उपचारमा संलग्न डा प्रविण गिरीले जानकारी गराउनुभयो ।

त्यसैगरी डा.गोविन्द केसी अलायन्सले एक विज्ञप्ति जारी गरि डा.केसीका १४ औं पटक सम्मका आमरण अनसनले चिकित्सा शिक्षाका क्षेत्रमा प्राप्त उपलब्धि र अध्यादेशलाई कार्यान्वयनको पाटोमा ल्याउनुपर्ने माग राख्दै जुम्लामा पुगी आमरण अनसन बस्ने क्रममा सरकारबाट भएका धरपकड र डा.केसीको स्वास्थ्य स्थितिलाई ध्यानमा त्यहा कार्यरत चिकित्सक र शुभचिन्तकले पुर्याउनुभएको सहयोगको प्रशसा गरेको छ ।

माओवादी द्वन्द्वकालीन घटनाको न्यायिक तथा राजनीतिक रुपमा जतिसक्दो चाँडो निरुपण हुन एकदमै जरुरी भैसकेको छ । त्यस सम्बन्धित आयोगहरुको कार्यप्रगति उत्साहजनक तथा विश्वसनीय हुन नसकेको सन्दर्भमा त्यसका विभिन्न घटनाका विषयमा लिएर विभिन्न अदालतले गरेका फैसलाहरुको कार्यान्वयन गर्नु कानूनी रुपमा पनि उचिति देखिन्छ ।

गंगामाय अधिकारीले पनि आफ्नो छोराको हत्याको विषयमा हाल्नुभएको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनको माग गरी एक महिनाभन्दा बढी समयदेखि अनसन बसिरहनु भएको छ । र यस विषयमा सरकारले विधिको शासनको पालना गरोस् भनी हामी जोडदार माग गर्दछौं ।

चिकित्सा शिक्षाको क्षेत्रमा सुधार, सरकारी निषेधाज्ञाले अभिव्यक्तिको: वतन्त्रतामा पुर्याएको असर र विधिको शासनको परिपालनको विषयमा आम नागरिकहरुले नै सुनिने गरी बोल्नुपर्ने अवस्था आएको छ ।

त्यसै आवश्यकताको परिपूर्ति गर्नको लागि हामी आम नागरिकहरुलाई यही असार २३ गते शनिवार, मध्याह्न १२ बजे माइतीघर मण्डलामा उपस्थित भई आफ्नो विचार बुलन्द गर्नु हुनेछ भन्ने आशा लिएका छौं ।

प्रतिक्रिया दिनुहोस्