दोलखामा लिटिल प्रिन्स एन्ड प्रिन्सेस



शर्मिला बुढाथोकी, दोलखा। ब्राइट इभेन्ट म्यानेजमेन्ट दोलखाले आयोजना गरेको लिटिल प्रिन्स एन्ड प्रिन्सेस सिजन वन प्रतियोगिताअन्तर्गत लिटिल प्रिन्स सिनियरको उपाधि टासी शेर्पा र जुनियरको उपाधि अग्रिम प्रसाईंले जितेका छन् भने लिटिल प्रिन्सेस सिनियरको उपाधि सम्प्रिता घिमिरे र जुनियरको उपाधि विजेसना घिमिरेले जितेका छन्।

३ महिनासम्म विभिन्न चरणमा विविध गतिविधि सञ्चालन गर्दै सदरमुकाम चरिकोटमा अन्तिम प्रतिस्पर्धा आयोजना गरिएको थियो। जसको मूल्याकन फेसन डिजाइनर उत्तम बनेपाली, अभिनेता प्रज्वल गिरी र अमित ढुंगाना, मोडल सौगात शर्मा र स्नेहा पौडेलले गरेका थिए।
प्रतियोगिताको लिटिल प्रिन्स सिनियरतर्फ विशाल थामी फस्ट र आशीष पाख्रिन सेकेन्ड रनर्सअप भएका थिए भने सिनियरतर्फ संस्कृति कार्की फस्ट र सोनी खड्गी सेकेन्ड रनर्सअप भएका थिए। त्यसैगरी जुनियरतर्फ डिस्काई बस्नेत फस्ट भए।

प्रतिक्रिया दिनुहोस्