स्वरा भाष्कर कास्टिङ काउचको शिकार



बलिउडकी वीरे द वेडिङ गर्ल स्वरा भाष्कर केबल आफ्नो बोल्ड लुक्सको लागि मात्र नभई बोल्ड स्टेटमन्टका लागि पनि चर्चित छिन्। उनी आफूलाई लागेका कुरा बाहिर ल्याउन कति पनि हिच्किचाउँदिनन्।

हालै मात्र उनले आफू करिअरको शुरूआती दिनमा कास्टिङ काउचको शिकार भएको बलिउडका सञ्चार माध्यमसामु खुलासा गरेकी छिन्। ‘जब म आफूलाई एक ठूला फिल्म निर्माताको म्यानेजर हुँ भन्ने एक मानिसलाई भेट्न गएँ, उनले मेरो कानमा आई लभ यु बेबी भन्दै कानमा चुम्बन गर्न खोजे। तर मैले तुरुन्तै उनको हात झट्कारीदिएँ’, स्वराले खुलासा गरेकी छिन्– ‘यसपछि मलाई लाग्यो कि यहाँ यस्तो पनि हुन्छ र?’

यसभन्दा अगाडि पनि उनले आफ्नो करिअरको शुरूआती दिनमा केही फिल्म निर्माताले आफूमाथि शारीरिक र मानसिक शोषण गर्न खोजेको, दिनभर आफ्नो पिछा गरेको र रातभरि फोन गरिरहने गरेको बताएकी थिइन्। समाचारमा स्वराले यस्ता धेरै प्रकारका घटना आफूमाथि भएको र आफ्नो स्वभाव थाहा पाएपछि ती व्यक्तिले आफूलाई त्यस्तो व्यवहार गर्न छोडेको खुलासा गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्