साप्ताहिक राशिफल: असार २३ देखि २९ गतेसम्म



मेष
तपाईंका लागि साताको शुरु र अन्त्यका दिनहरु उत्तम फलदायक देखिन्छन् । साथीभाइहरुबाट सहयोग, धन, खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन प्राप्ति होला । व्यापार व्यवसायमा सफलता हासिल हुनुका साथै हर्षोल्लास बढ्ला । पढाइ, लेखाइमा प्रगति होला । तर साताको बीचभाग सोम, मंगल र बुधबार भने रोगव्याधिको भय, विवाद, चोटपटकको सम्भावना देखिन्छ । अधिक खर्च, तनाव, कष्ट बेहोर्नुपर्ला ।

वृष
यो साताका मध्यदिनहरु तपाईंका लागि शुभ फलदायक छन् । सोम, मंलल र बुधबार केही आम्दानी हुने देखिन्छ । सानै प्रयासले पनि केही प्रगति होला । शुभ मांगलिक कार्यमा सरिक भइएला । तर बाँकी दिनहरु भने शुभ फल दिनेवाला देखिँदैनन् । धन हानि, मानसिक तनाव, काममा अरुचि होला । इज्जत–प्रतिष्ठामा आँच आउन सक्ने देखिन्छ । आशातीत उपलब्धि नहुँदा खिन्नता होला ।

मिथुन
तपाईंका लागि साताको शुरु र अन्त्यका दिनहरु उत्तम फलदायक देखिन्छन् भने मध्यदिनहरु उपलब्धिमूलक छैनन् । सोम, मंगल र बुधबार स्वास्थ्य समस्या, विवाद, हानि–नोक्सानी, चोटपटकको सम्भावना देखिन्छ । अधिक खर्च र कष्ट बेहोर्नुपर्ला । तर बाँकी दिनमा भने धन, खाद्यपदार्थ, कोसेली–उपहार आदि प्राप्त होला । गरिरहेको पेसा व्यवसायबाट आशातीत लाभ होला । पढाइमा प्रगति होला ।
कर्कट

तपाईंका लागि यो साता उपलब्धिमूलक नै देखिन्छ । विविध वस्तु वा सेवा प्राप्ति होला । कार्य सफल हुनाले मन आनन्दित होला । राजनीतिकर्मीबाट फाइदा लिन सकिने देखिन्छ । स्वस्थता एवम् आनन्दको अनुभूति होला । धेरथोर आर्थिक लाभ पनि हुनसक्छ । इज्जत प्रतिष्ठा बढ्नेछ । तर बिहीबार र शुक्रबार भने केही चिन्ता होला । कार्य बाधा, स्वास्थ्यमा गडबड हुनसक्छ ।
सिंह

तपाईंका लागि साताको शुरुका दुई दिन शुभ देखिँदैन । शोक–सन्ताप बढ्ने, कार्य असफल हुने, ग्यास्टिक, अपचजस्ता समस्याले सताउला । सोमबारदेखि समय उत्तम फलदायक छ । पढाइ, प्रतियोगिता, खेलकुद, मुद्दामामिला आदिमा विजय हुनेछ । अधुरा कार्यहरु पूरा हुनेछन् । प्रेमप्रसंग सफल हुनेछ । आफ्नो जीवनसाथीबाट धेरै सहयोग मिल्नेछ । कतैबाट पुरस्कृत भइने सम्भावना छ ।
कन्या

यो साताका धेरैजसो दिनहरु तपाईंका लागि त्यति उपलब्धिमूलक देखिँदैनन् । रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी, शारीरिक कष्ट होला । काममा बाधा–व्यवधान आउन सक्छ । राज्यबाट सम्पत्ति कर वा अन्य विषयमा झमेला आइपर्न सक्छ । राजनीतिकर्मीबाट पनि असहयोग हुन सक्छ । साताको अन्त्य बिहीबार र शुक्रबार भने परिस्थिति सहज होला । सुख–सन्तोष, कार्यसिद्धि, क्षमता वृद्धि होला ।
तुला

साताको पूवार्ध भाग अर्थात् शनिबार र आइतबार उत्तम फलदायक छ । धनलाभ, मानसम्मान, जीवनसाथीबाट ठूलो सहयोग हुनेछ । परीक्षा, खेलकुद, मुद्दामामिलामा विजय हुने सम्भावना छ । तर सोमबारदेखि दिनहरु त्यति फलदायक देखिँदैनन् । कार्यमा बाधा, रोगको भय, आर्थिक नोक्सानी हुने देखिन्छ । राज्यबाट भय, अपयश, प्रतिष्ठामा आँच नहोला भन्न सकिन्न । सतर्कता अपनाउनुहोला ।
बृश्चिक

तपाईंका लागि यो साताका धेरैजसो दिनहरु फलदायक नै देखिन्छन् । कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । प्रतियोगितात्मक कार्यमा विजयको संकेत देखिन्छ । धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना छ । समस्याको समाधान एवम् अधुरा कार्य पूरा होला । तर बिहीबार र शुक्रबार भने काममा व्यवधान, स्वास्थ्य समस्या, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न ।
धनु

तपाईंका लागि साताको अधिकांश समय राम्रो फल दिनेवाला देखिन्छ । आइतबारसम्म उदरजन्य रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, पारिवारिक विवादको सम्भावना छ । तर त्यसपछिका दिनहरु धेरै उपलब्धिमूलक छन् । कहीँबाट आफू र आफ्नो परिवारको अनुकूल शुभ समाचार सुनिने, गरेको काम सफल हुने, आर्थिक लाभ हुने, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुनेछ । आँटेको काम पूरा हुनसक्छ ।
मकर

तपाईंका लागि यो साताको शुरुका धेरैजसो दिन त्यति उपलब्धिमूलक देखिँदैनन् । साथीभाइ, इष्टमित्रमा विवाद नहोला भन्न सकिन्न । आर्थिक नोक्सानी, निरर्थक दौडधुप, कार्य असफल, मानसिक चिन्ता हुनेछ । पेसा व्यवसायमा विभिन्न झमेला आइपर्ने सम्भावना छ । तर साताको अन्त्य बिहीबार र शुक्रबार भने तपाईंको भाग्य चम्कनेछ । आर्थिक लाभ होला । खेलकुद, परीक्षा आदिमा विजय, कार्य सफल होला ।
कुम्भ

तपाईंका लागि यो साता त्यति शुभ फलदायक देखिँदैन । हुन त साताका शुरु आइतबारसम्म पैसा प्राप्ति, पढाइ, व्यापारमा सफलता, मान–सम्मान वृद्धि, इज्जत–प्रतिष्ठामा वृद्धि हुनेछ । तर त्यसपछिका दिनहरु भने शुभ देखिँदैनन् । खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधुप हुनेछ । अपच, वायु–गानोगोलाजस्ता पेटको समस्याले सताउला । काममा जाँगर हराउनेछ । यसले गर्दा प्रतिफलमा कमी आउनेछ ।
मीन

साताको मध्यभाग सोम, मंगल र बुधबारका दिनहरु शुभ फलदायक छन् । सामान्य प्रयासले पनि धन प्राप्ति, कोसेली–पुरस्कार प्राप्तिको सम्भावना छ । मान–सम्मान पाइएला । कार्यहरु सफल एवं विजयको सम्भावना छ । मानसिक शान्ति होला । तर साताको शुरु र अन्त्यका बाँकी दिनहरु भने उपलब्धिमूलक देखिँदैनन् । विवाद, धनहानि, अस्वस्थ हुने सम्भावना छ । के गरौं, के नगरौंको स्थिति आउला ।

प्रतिक्रिया दिनुहोस्