म्याच प्रिभ्यु: स्वीडेनविरुद्ध इंग्ल्याण्ड



समाराको कसमस एरिनामा शनिबार हुने क्वाटरफाइनलको तेस्रो खेलमा स्वीडेनले जारी विश्वकपको वजनदार टोली इंग्ल्याण्डको सामना गर्दैछ । यसअघि अन्तिम १६ मा स्वीजरल्याण्डलाई १–० ले हराउँदै स्वीडेनले क्वाटरपÞmाइनलमा स्थान पक्का गरेको हो । यस्तै सेमिफाइनलमा पुग्न कोलम्बियालाई टाइब्रेकरमा हराउँदै इंग्ल्याण्डले स्वीडेनसँग भेट पक्का गरेको हो ।

इंग्ल्याण्डविरुद्धको खेलमा स्वीडेनका माइकेल लुस्टिग देखिने छैन । उनको स्थानमा एमिल क्राप्mथले राइट ब्याकमा खेल्नेछ । तर पछिल्लो खेल गुमाएका सेबेस्टियन लार्सनले इंग्ल्याण्डविरुद्ध स्वीडेनको मिडफिल्ड सम्भाल्नेछ ।

 

उनी गुस्ताभ सेभेन्सनको स्थानमा खेल्नेछ । यता कोलम्बियासँगको खेलपश्चात थुप्रै इंग्लिश खेलाडीहरुलाई चोटले सताएको छ । त्यसमध्ये एश्ले योन्ग र जेमी भार्दी मात्र स्वीडेनविरुद्ध खेल्नेमा निश्चित देखिएको छैन । किली वाकर, ह्यारी केन र डेले अली भने सामान्य चोटपछि तयार भइसकेका छन् । यदि योन्गले नखेलेमा डेनी रोज उनको विकल्प हुनेछ ।

जारी विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग हार्नु अघि इंग्लिश टोली लगालग ४ म्याचमा विजयी बनेका थिए । अन्तिम १६ मा कोलम्बियालाई टाईब्रेकरमा ४–३ ले हराएपछि इंग्ल्याण्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

 

जारी विश्वकपमा खेलेको ४ म्याच मध्ये एक मात्र खेल गुमाएको इंग्ल्याण्डका ह्यारी केनले जारी विश्वकपमा सर्वाधिक ६ गोल गरेका छन् । पछिल्ला ६ म्याचमा स्वीडेनलाई जर्मनीले मात्र २–१ ले हराएको छ । पछिल्ला ६ म्याचमा स्वीडेनले जर्मनीविरुद्धको खेलमा मात्र २ गोल बेहोरेका थिए ।

सम्भावित ४–४–२ को रणनीतिमा खेल्ने स्वीडेनविरुद्ध इंग्लिश टोलीले ३–१–४–२ को रणनीति अपनाउन सक्नेछ । जसअनुसार फरवार्ड ह्यारी केन र रहिम स्टर्लिंगलाई अट्याकिंग मिडफील्डरहरु किरेन ट्रिपर, जेसे लिन्गार्ड, डेल्ले अली र डेनी रोजले आक्रमणमा साथ दिनेछ । जसलाई निस्तेज पार्न स्वीडेनका गोलरक्षक रोबिन ओल्सेन सहित डिफेन्डरहरु एमिल क्राफथ, भिक्तर लिन्डेलोफ, आन्द्रिएस ग्रान्कभिस्ट, सेबेस्टियन लार्सन, अल्बिन एकडल र लुडविग अगस्टिन्सनको रक्षात्मक घेरालाई चुनौती बन्नसक्छ ।

यस्तै स्वीडेनका फरवार्डद्वय ओला टोइभोनेन र मार्क्स बर्गसहित मिडफील्डरहरु भिक्तर क्लासेन, सेबेस्टियन लार्सन, अल्बिन एकडल र एमिल फोर्सबर्गले सघाउने छन् । जसलाई झेल्न इंग्ल्याण्डका गोलरक्षक जोर्डन पिक्फोर्ड र डिफेन्डरहरु किली वाकर, जोन स्टोन्स र ह्यारी माग्युएरेले सावधानी अपनाउनु पर्नेछ ।

यस्तै इंग्लिश डिफेन्सिभ मिडफील्डर जोर्डन हेन्डरसनले भने रक्षापंक्ति र अग्रपंक्तिमा सहायकको भूमिका निभाउन सक्नेछ । स्वीडिश टिम विशेषतः माकर््स बर्ग, आन्द्रियास ग्रान्कभिस्ट र एमिल पÞmोर्सबर्गको प्रदर्शनमा भर पर्नेछ । यस्तै इंग्लिश टोलीको प्रदर्शन कप्तान ह्यारी केन, किरेन ट्रिपर र जोन स्टोन्समा निर्भर हुनेछ ।

हेड टू हेड:
यी दुवैले एक अर्काविरुद्ध २४ पटक खेलेका छन् । जसमध्ये इंग्ल्याण्डले ८ पटक जित्दा स्वीडेन ७ पटक विजयी भएको छ । यस्तै ९ पटक भने दुवै टोलीले बराबरीमा चित्त बुझाएको छ ।

सन् २००२ र २००६ को विश्वकपमा पनि यी दुई आमने सामने भएका थिए । जसमध्ये २००२ मा १–१ तथा २००६ मा २–२ गोलको बराबरीमा खेल टुङ्गिएको थियो ।

प्रतिक्रिया दिनुहोस्