शुरु भयो क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सको भिडन्त



काठमाडौं ।
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेलहरु आज शुक्रबारबाट शुरु भएको छ ।

रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्सको खेल नेपाली समयअनुसार अहिले ७ः४५ बजे बाट शुरु भईसकेको छ ।

फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
दोस्रो खेलमा राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकको विश्वविजेता ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।

शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो तथा अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रुस र क्रोयसिया आमनेसामने हुनेछन् ।

क्वाटर फाइनलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्