अपर तामाकोशीलाई दोलखालीको अनुरोध



दोलखाको अपर तामाकोशी हाइड्रो पावरले स्थानीयलाई दिइने शेयरका लागि आह्वान गरेको छ । शेयरका लागि फर्म भर्ने मिति यही असार २४ गतेदेखि भनिएकोमा साउन १६ गतेदेखि भनेरसारिएकोमा हाइड्रो पावरलाई धन्यवाद । तर शेयरका लागि फर्म भर्ने मिति जति नजिकिँदै छ, त्यति अधिकांश हामी दोलखावासी चिन्तित हुन थालेका छौं ।
शेयरका लागि प्रतिव्यक्ति कम्तीमा ३ हजारदेखि बढीमा ३० हजार रुपियाँ आवश्यक पर्छ । यस हिसाबले एउटा परिवारमा ५ जना रहेछन् भने सो परिवारलाई शेयरका लागि बढीमा डेढ लाख रुपियाँ जम्मा गर्नुपर्ने हुन्छ । यत्रो पैसा जम्मा गर्ने हैसियत हामी दोलखालीका धेरै परिवारको छैन । त्यसैले अपर तामाकोशीको शेयर ‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको छ । हामी दोलखालीको मर्का बुझी त्यही शेयर धितो हुने गरी बैंकबाट ऋण लिने व्यवस्था मिलाइदिनुप¥यो । साथै दोलखा जिल्लाबाहिर हुने सबैलाई अनलाइनबाट शेयर भर्ने व्यवस्था मिलाइदिनुप¥यो । नत्र धेरै दोलखाली शेयर भर्नबाट वञ्चित हुनेछन् ।
– रुपेश घिमिरे, कालिञ्चोक–४, दोलखा, हाल: काठमाडौं

प्रतिक्रिया दिनुहोस्